यती एअरलाइन्सको विमान दुर्घटनाः ४ जना चालक दलसहित ७२ यात्रु सवार
इन्भेष्टाेपेपर । माघ १, २०७९
काठमाडौं । काठमाडौंबाट ६८ जना लिएर उडेको विमान दुर्घटनामा परेको छ । आइतबार बिहान पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो ।
जानकारी अनुसार जहाज क्याप्टेन कमल केसीले उडाउनु भएकाे थियाे । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त जहाजमा आगो लागेको तस्विर बाहिर आएका छन् । उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ ।
विमानमा लागेको आगो नियन्त्रणमा आएको र उद्धारकर्ताले धमाधम शव निकाल्ने जारी रहेको जानकारी प्राप्त भएको छ । घटनास्थलबाट यात्रुलाई अस्पतालमा लैजाने क्रम जारी छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ । उहाँका अनुसार कोही जिवित भेटिने सम्भावना छैन । अहिले शवहरू निकाल्ने काम हुँदैछ ।
पोखरा बिमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बिचमा रहेको सेती किनारामा दुर्घटना भएको र यात्रु संख्या ६८ र चालकदलका ४ जना रहेको जानकारी यति एयर लाइन्सले जनाएको छ । विमानमा १० विदेशी र चालक दलका सदस्यसहित ७२ यात्रुहरू सवार थिए ।
