अतिरञ्जित शिर्षक राखेर समाजमा अफवाह फैलाउने अनलाइन पत्रिका बन्द तथा स्पष्टिकरण
इन्भेष्टोपेपर । चैत्र १५, २०७६
काठमाडौं । मुलुक कोरोना भाइरसकाे महामारीले संकटग्रस्त कनिरहेकाे समयमा राेगबारे भ्रम फैलाउने सूचिकरण नभएका ३ वटा पत्रिकाकाे वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिलले निकालेकाे विज्ञप्ति अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।
यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको छ भने २६ वटा सँञ्चारमाध्यमसंग जिम्मेवारीपूर्ण जवाफ मागिएकाे प्रेस काउन्सिलले जनाएको छ ।
यसका साथै यस बिषम परिस्थितिमा सवैखाले सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक संजाल प्रयाेगकर्ताहरूलाइ संयमता अपनाइ जिम्मेवारीपूर्बक सुचना प्रवाह गर्नकाे लागि विज्ञप्ति मार्फत अपिल गरिएकाे छ ।

