अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र बस्न पाउने

इन्भेष्टोपेपर । बैशाख २०, २०७

काठमाडौं । अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ ।

ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको बताउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ ।     

मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने विषयमा आइतवार भएको छलफलले ढुवानी साधनको नम्बर, किसिमसहित संलग्न कामदार तथा कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण खुलाउनुपर्ने निर्णय गरेको बताइएको छ ।     

बैठकले दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तु ढुवानीमा प्रयोग गरिने सवारी साधन र कर्मचारीको विवरण प्रमुख जिल्ला अधिकारी र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई जानकारी गराउनुपर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए ।     

यस्तैगरी प्रजिअ र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई सम्बोधन गरी पठाइएको पत्रको एकएक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुपर्ने र ढुवानीका सवारी साधनले सबैले देख्ने गरी अगाडि प्रयोजनसहितको सेवा उल्लेख गरिएको तुल राख्नुपर्ने निर्णय भएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *