अब ६० वर्षभन्दा कम उमेरका एकल महिलालाई भत्ता दिने सरकारकाे निर्णय

इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७

काठमाडौं ।  अब सरकारले ६० वर्षभन्दा कम उमेरका विधवा एकल महिलालाई मासिक २ हजार भत्ता दिने भएको छ । सरकारले सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताउनु भएकाे हाे ।

यसैगरि अशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको बताउनु भएकाे छ । 

बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनु भयाे । 

यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने निर्णय भएकाे उहाँले जानरकारी गराउनु भयाे । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *