आम चासाेः एक मिनेटभित्र इन्टरनेटकाे दुनियामा के के काम सम्पन्न हुन्छन त ?

Investopaper, चैत्र २६, २०७५

साच्चै भन्नुपर्दा लामाे जिन्दगीमा दिन, हप्ता र महिनाकाे पनि कुनै गणना गरिदैन भने घण्टा र मिनेटकाे के हाल हाेला ? खास कसैले वास्ता नै गर्दैन । केवल जन्मदिनकाे हिसावले बर्षले सम्म आफ्नाे अस्तित्व कायम गर्न सफल भएकाे छ ।

हामी यहा यही एक मिनेटकाे कुरा गर्न गैरहेका छाै । आजकाे विज्ञान र प्रविधिकाे युगमा सारा संसार इन्टरनेटमय भएकाे छ । अब त इन्टरनेट बिनाकाे संसार कल्पना पनि गर्न नसकिने चरणमा पुगिसकेकाे छ ।

चाहे अत्यावश्यक सूचनाहरू आदान प्रदान गर्न हाेस वा आफूले मन चाहेकाे गेम खेल्न, समाचार पढन, भिडयाे हेर्न, च्याटमा गफिन वा सामाजिक संजालमा अन्तर्क्रिया गर्न हाेस इन्टरनेट चाहियाे नै । अझ टेलिमेडिसिन, दूर शिक्षा तथा अत्याबश्यक सम्पूर्ण विषयबस्तुकाे खाेजमा इन्टरनेटकाे प्रयाेगले व्यावकता पाउंदै छ ।

विश्वभरी एक मिनेटभित्र इन्टरनेटमा के के काम सम्पन्न हुन्छन त ?

१) तथ्यांक अनुसार इन्टरनेटमा सवैभन्दा अग्रणी स्थान इ-मेलले लिएकाे पाइयाे । विश्वभर एक मिनेटमा १८८ मिलियन अर्थात १८ कराेड ८० लाख वटा इ-मेल अादान-प्रदान हुने रहेछन ।

२) त्यसैगरि एक मिनेटमा ह्वाट्स एप र फेसबुक म्यासेन्जरमा ४१.६ मिलियन अर्थात ४ कराेड १६ लाख वटा म्यासेजकाे अाप्रवाह हुदाेरहेछ । यस्तै, ८१ लाखकाे हाराहारीमा म्यासेन्जरबाट लिखित खवर जांदाे रहेछ ।

३) एक मिनेटभित्र १० लाख मानिसहरूले फेसबुक लगइन गर्दा ४५ लाख मानिसहरूले यूट्यूवमा भिडियाे हेर्दा रहेछन । याे नतिजाले विश्वमा फेसवुकभन्दा ४.५ गुणा वढी यूट्यूव लाेकप्रिय रहेकाे नतिजाले प्रष्ट पार्दछ ।

४) एक मिनेटभित्र विश्वका उपभाेक्ताहरूले १० कराेड ९६ लाख भन्दा बढी रकमकाे अनलनइन सपिंग गर्दारहेछन । ( १ डलर बरावर ११० नेपाली रूपैयाकाे अनुमानले हिसाव गर्दा ) यसैगरि ३ लाख ९० हजार वटा विभिन्न एप्स डाउनलाेड हुदाेरहेछ ।

५) सर्च इन्जिनकाे बाेस गुगल सर्चमा एक मिनेटभित्र विश्वभरका मानिसहरूले ३८ लाख पटक विभिन्न जिज्ञाशा र जानकरीकाे लागि खाेजी गर्दारहेछन ।

इन्टरनेटकाे धमाल, हैन त कमाल ?

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *