इन्फिनिटि लघुबित्तको आईपिओमा कति पर्यो आवेदन?
इन्फिनिटी लघुवित्तको आइपिओमा आवेदन दिने समय हिजो बाट सकिएको छ। लघुबित्तले जेष्ठ १३ गते देखि जम्मा ६ लाख ७४ हजार ३०० कित्ता आईपिओ निष्काशनमा ल्याएको थियो जसमध्ये ६ लाख ३० हजार २३० कित्ता सर्वसाधारणको लागी खुल्ला गरिएको थियो।
यसपाली पनि लघुबित्तको शेयरमा अप्रत्यासित आवेदन परेको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार बिहिबार साँझ सम्ममा लगभग ३.३० लाख भन्दा बढीले आवेदन दिएका छन् भने आवेदन पनि माग भन्दा एघार गुणा बढी मूल्यको परेको छ।
यस हिसाबमा तपाईलाई शेयर पर्ने चान्स भनेको ५ जनमा १ जनालाई पर्ने जति छ।
