एउटै बोटमा दुईघरी केरा फल्यो
इन्भेष्टाेपेपर । मङ्सिर २७, २०७७
सिन्धुपाल्चोकको इन्द्रावती गाउापालिका वडा नम्बर ६ सिपातीनघरेका ७१ वर्षीय कृषक शंकरनाथ न्यौपाने दम्पती केरा पसाउने बेलामै एउटै बोटमा दुईवटा घरी लागेपछि अचम्मित बने ।
यहा एउटै बोटमा समान दुई घरी केरा फलेका छन् । पुस्तौँदेखि केराखेती गर्दै आएका न्यौपानेका बगैंचामा वाषिर्क दुई सय घरी केरा फल्ने गरेका छन् । तर, यस्तो दुर्लभ प्रकारको केराको घरी भने यसअघि देखिएको थिएन ।
शिक्षण पेशामा जीवन समर्पित गरेका न्यौपानेले खेतीकिसानीलाई पनि उत्तिकै प्राथमिकता दिादै आएका छन् । शंकरनाथ न्यौपानेले मात्र नभई यहााका करिब डेढ सय किसानले मालभोग, झप्री, मुङ्रे, भुइँकेरा र चिनियाँ चम्पा प्रजातिका केराखेती गर्दै आएका छन् ।
तर एउटै बोटमा दुईघरी केरा फलेपछि गाउँका सबै बासिन्दा चकित बनेका छन् । सामान्यतया एउटा बोटमा एक घरी मात्रै केरा फल्ने कृषिविज्ञहरु बताउाछन् । यसरी एउटै बोटमा दुई घरी केरा फल्नु दुलर्भसँगै अनुसन्धानको विषय भएको कृषिविज्ञको भनाइ छ ।
गाउमा दुर्लभ केराको घरी देखिएकाले यसलाई थप अनुसन्धान गर्न गाउापालिकाले अभिरुचि देखाएको छ । गाउा कार्यपालिका बैठकबाटै निर्णय गरेर मिहिनेती र दुर्लभ फलफूल उब्जाउने किसानलाई विशेष सम्मान गर्ने गाउँपालिकाको योजना छ ।
सिपातीनघरेका शंकरनाथ न्यौपानेको बगैंचाको एउटा बोटमा दुई घरी केरा फलेकोमा आश्चर्य र दुर्लभ फल भन्दै ओल्लोपल्लो गाउाबाट समेत सर्वसाधारण र किसान हेर्न आउने गरेका छन् ।
— कान्तिपुर समाचारबाट
