एनएमबि बैंकले प्रस्ताव गर्यो वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै लाभांश
Investopaper, कार्तिक २५, २०७६
एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक २४ गते सम्पन्न बैठकले शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। हालसम्म लाभांश घाेषणा गर्ने १८ वाणिज्य बैंकहरू मध्ये नबिल बैंकले ३४ प्रतिशत लाभांश घोषणा गरेको थियो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
एनएमबि बैंकले असोज ११ गतेदेखि ओम डेभलमेन्ट बैंकलाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियाे ।
