दाेश्राे ठूलाे अर्बपतिकाे भूमि चीनमा प्रत्येक २ दिनमा एक अर्बपति

Investopaper, कार्तिक २५, २०७६ 

वासिङटन — गत वर्ष विश्वकै धनीहरुले ३८८ अर्ब डलर गुमाएको यूबीएस र पीडब्लूसीले सार्वजनिक गरेको नयाँ रिपोर्टले देखाएको छ । उनीहरुको सम्पत्तिमा पनि गिरावट आएर ८.५३९ ट्रिलियन डलर कायम भएको छ । भूराजनीतिक धरमर र अस्थिर इक्विटी बजारका कारण उनीहरुको सम्पत्ति गुमेको बताइएको छ ।

रिपोर्टका अनुसार विश्वकै दोस्रो ठूलो अर्बपतिको भूमि रहेको चीन र एसिया प्रशान्त क्षेत्रमा गिरावट आएकाले समग्रमा अर्बपतिको संख्या र सम्पत्ति दुवैमा गिरावट आएको बताइएको छ ।

चीनका सुपर रिचको कल सम्पत्तिमा १२.८ प्रतिशतले गिरावट आएको छ । धितोपत्र जबारमा आएको गिरावट र कमजोर अवस्थाको स्थानीय मुद्राका कारण चिनियाँहरुको सम्पत्तिमा पनि गिरावट आएको छ । देशको आर्थिक वृद्धि सुस्त भएकाले पनि अर्बपतिको सम्पत्तिमा कमी आएको छ ।

यद्यपि यसका बावजुद चीनले प्रत्येक दुई दिनमा एक नयाँ अर्बपति जन्माउदै आएको यूबीएसका प्रमु जोसेफ सडलरले बताए ।

अमेरिका बाहेक विश्वव्यपाी रुपमा जताततै अर्बपतिको संख्यामा गिरावट आएको छ ।

‘‘यो वर्ष पुनः अर्बपतिको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ,’’ अल्ट्रा वेल्दी ग्राहकका लागि यूबीएका प्रमुख लगानी अधिकृतले बताए । बृहत वित्तीय बजारको र्यालीले सुझाव गरे भन्दा मन्द गतीमा वृद्धि हुने पनि उनले बताए । याे समाचार काराेवार दैनिकमा प्रकाशित भएकाेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *