कविता : याे सालमा
— खगेन्द्रजङ्ग थापा
दाजु भाइमा अझै कुरा फिअर हुनु पर्छ
दुख सुख यो सालमा सिअर हुनु पर्छ ।।
कतिले रिश डाहा गर्लान मिलि जुनि बस्न
अझै हामी सपरिवार निअर हुनु पर्छ ।।
एउटालाई चोटलाग्दा अर्काको मन दुख्छ
परेलिमा बस्ने प्यारो टिअर हुनु पर्छ ।।
सबैको प्यारो बन्न पाय हुन्थो जस्तो लाग्छ
दाजु भाईमा अझै ओमाई डिअर हुनु पर्छ ।।
— भिनपा ६ स्याङ्जा
