कृषि विकास बैंकको चौधौ वार्षिक साधरण सभा सम्पन्न, बाेनस पारित

इन्भेष्टाेपेपर । माघ ०१, २०७७ 

कृषि विकास बैंक लि.को वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पाैष २९ गते बुधबार भर्च्यूअल माध्यमबाट सम्पन्न भयो । कृषि विकास बैंकको चौधौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कृषि विकास बैंक बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका ७७ जिल्लाका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको छ ।

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।

साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

भर्च्यूयल माध्यमबाट भएपनि शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक,कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्क प्रसाद आचार्य, डा.हरि बहादुर के.सी., संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, र डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो ।

साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *