के गर्मीले सोच्ने क्षमतामा ह्रास आउंछ ? के भन्छ त अनुसन्धान ?

Investopaper, असार ११, २०७६ 

गर्मी मौसममा अन्य माैसमकाे तुलनामा बालकदेखि वृद्धसम्मलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन । गर्मीले स्वास्थ्यलाई मात्र नभई मानिसहरुको दिमागलाई पनि असर पुर्‍याउने  एक अनुसन्धानको निष्कर्ष छ ।

विश्वबिख्यात हार्भर्ड युनिभर्सिटीले गरेको एक अनुसन्धानमा गर्मीले मानिसहरुको सोच्ने क्षमतामा १३ प्रतिशतले ह्रास आउने नतिजा आएकाले साेही मुताविक जानकारी दिएको छ ।

अनुसन्धानका लागि ४४ विद्यार्थीमध्ये आधालाई एयर कन्डिसनर भएको कोठामा राखियो भने आधालाई साधारण कोठामा राखियो । उनीहरुलाई उठ्ने बित्तिकै आफ्नो फोनमा दिमाग लगाउनुपर्ने कार्य गर्न लगाइयो ।

एयर–कन्डिसनिङमा भएका विद्यार्थीले उक्त कार्य निकै सजिलै गर्न सके भने एयर कन्डिसनिङमा नभएका १३.४ प्रतिशत विद्यार्थीको प्रतिक्रिया निकै खराब रह्यो । संयोग नै भन्नुपर्छ, उनीहरुको सोच्ने क्षमतामा १३.३ प्रतिशतले ह्रास आयो ।

यो अनुसन्धान सन् २०१६ को गर्मी महिनामा १२ दिनसम्म गरिएको थियो । त्यतिबेला पाँच दिनसम्म तातो हावा चलेको थियो । अचम्मको कुरा के छ भने बाहिर तातो हावा चल्न छोडेको लामो समयपछि मात्र कोठाभित्रको तातो हटेको थियो ।

धेरैजसो भवन जाडो महिनामा पारिलो घाम कोठाभित्र पसोस् भन्ने उद्देश्यले बनाइएको हुन्छ । त्यसकारण त्यस्ता घरले बाहिरको तातो ४८ घण्टासम्म राखिराख्न सघाउ पुर्‍याउँछ ।

यो अनुसन्धानले सामाजिक आर्थिक सम्बन्धि अर्को एउटा तथ्यसमेत फेला पारेको छ । यदि तपाईं गरिब हुनुहुन्छ र एयर कन्डिसनिङ किन्ने सामथ्र्य राख्नुहुन्नँ भने तपाईं अफिस र विद्यालयमा पनि पछि पर्नुहुन्छ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *