कोरोना भाइरस उपचार कोषमा नेपाल धितोपत्र बोर्डको रु पचास लाख सहयोग

इन्भेष्टोपेपर । चैत्र ११, २०७६

विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई मुलुक भित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न नेपाल सरकारबाट आव्हान गरिए बमोजिमको “कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष” मा नेपाल धितोपत्र बोर्डले रु ५०,००,०००।( (अक्षेरुपी रु पचास लाख) सहयोग गर्ने भएको छ ।

साथै यस विपत्तीको घडिमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पुर्याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पुर्याउन हुन समेत नेपाल धितोपत्र बोर्डले अनुरोध गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *