गुँरास लघुबित्तको कारोबार आजबाट सुरु । कति पायो त रेन्ज?
गुँरास लघुबित्त कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ। पहिलो कारोबारको लागी कम्पनीले रु. ९२.७२ देखि रु. २७८.१६ को ओपन रेन्ज पाएको छ भने कम्पनी सिम्बोल GLBSL रहेको छ।
कम्पनीले बैशाख १६ बाट आईपिओ जारी गरेर सर्वसाधारणलाई २.५० लाख कित्ता शेयर बेचेको थियो। हिजो नेप्सेमा कम्पनीको ७ लाख ७५ हजार कित्ता शेयर सूचिकृत भएको थियो।
