छिमेक लघुवित्तले गर्यो २९ % लाभांश घोषणा

इन्भेष्टाेपेपर ।  मङ्सिर १८, २०७७

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  २९ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव गरेको छ।

कम्पनीले हाल कायम चुक्तापूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांशसमेत  गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत बुधवार गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  शेयरधनी लाभांश पाउने छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *