नेपाल राष्ट्रिय व्यवसायी महासंघकाे महाधिवेशन आगामी चैत ७ गते हुँदै

इन्भेष्टाेपेपर । फागुन २०, २०७७

निजी क्षेत्रको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघकाे दोस्रो राष्ट्रिय महाधिवेशन आगामी ७ चैतमा हुने निश्चित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा महाधिवेशन गरिने छ भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

देशभरका सबै खाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्दै आएको, कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन तथा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

उद्योगी व्यवसायीहरुका हितमा महासंघले चालेका यस्ता कदमहरुका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापनाकालदेखी नै सधै चर्चामा रहदै आएको छ । आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि महासंघको भूमिका सधै नेतृत्वदायी रहने प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।

उद्घाटनको भोलि पल्ट हुने निर्वाचनले महासंघको भावी नेतृत्वकाे समेत चयन गर्ने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *