सरकार र नेकपा विप्लब समूहबीच तीन बुँदे सहमती, सार्वजनिक सभा भाेली २ बजे
इन्भेष्टाेपेपर । फागुन २०, २०७७
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच चरणचरणमा भएका छलफलपछि तीन बुँदे सहमति भएको हो ।
वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन् ।
यसैगरि तीन बुँदे सहमतिमा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।
सहमतिकाे बिस्तृत विवरण भाेली शुक्रबार दिउँसो २ बजे विशेष कार्यक्रम गरेर सार्वजनिक गर्ने र उक्त कार्यक्रमलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्नेसमेत सहमति भएको प्रेस नाेट मार्फत जानकारी गराइएकाे छ ।

