नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईको सपथ ग्रहण
इन्भेष्टोपेपर । चैत्र २४, २०७८
काठमाणडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गर्नुभएको छ ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाउनु भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ चैत्र २१ गते सोमबार, वीरगञ्जमा भएकाे २१औं वार्षिक साधारण सभाबाट उहाँ अध्यक्षमा मनाेनित हुनु भएकाे थियाे ।
