जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

इन्भेष्टोपेपर । चैत्र २४, २०७८

काठमाडौँ । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लाग्नुभएको छ । अध्यक्ष एंगुलो आज आउनु लाग्नुभएको हो भने उपाध्यक्ष जैन शुक्रबार आउनु हुने भएको हो । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुनुहुन्छ । अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनुभयो । एंगुलो यही चैत २७ गतेसम्म नेपालमा रहनुहुनेछ ।

नेपालमा रहँदा उहाँले नेपाल जेसीजको वार्षिक कार्यक्रमअन्तर्गतको ‘नेस्नल काउन्सिलरर्स एकेडेमी’लगायतका जेसीजका कार्यक्रममा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा, सांसद विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपालस्थित राष्ट्रसङ्घीय प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

अठारदेखि ४० वर्षसम्मका युवाको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा विसं २०२१ असोज २ गते भएको हो । अन्तर्राष्ट्रिय जेसीजको स्थापनाकालको ४९ वर्षपछि डा भेषबहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो । 

नेपालमा अहिले जेसीजका १७२ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा राष्ट्रिय कार्यसमिति रहेको छ । जेसीजको सबै कार्यसमितिको हरेक वर्ष नयाँ नेतृत्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *