नेपाल विज्ञापन संघमा धितालको नेतृत्व

इन्भेष्टाेपेपर । पुष २७, २०७७ 

भरतपुर । नेपाल विज्ञापन संघको अध्यक्षमा सोमप्रसाद धिताल चयन हुनुभएको छ । २१ औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको हो । ३ बर्षको कार्यकालको लागि कार्यसमिति चयन भएको हो ।

बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल ‘विजय’, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिवसन्तोष खड्का, सह–कोषाध्यक्ष जीवन पोख्रेल चयन हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यहरुमा साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, विधान राजभण्डारी विजय हुनु भएको छ । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको हो । सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २÷२ जना प्रत्यासी थिए । 

संघको विधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । कार्यक्रम शनिबार एभरेष्ट होटेल काठमाडौंमा अध्यक्ष रविन्द्र कुमार रिजाल शशिको अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्व गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *