झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना शुरूहुँदै

इन्भेष्टाेपेपर । पुष २६, २०७७ 

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ। दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ।

शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा २० लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान सङ्घीय सांसद लालबहादुर सावाले बताए। आयोजनाको कूल लागत रु ७९ करोड रहेकामा रु ६० करोड बैंक कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उनले जानकारी दिए। कम्पनीले रु एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए।

उनका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ। व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए। यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट रु ७.३० का दरले बिक्री गर्ने कम्पनीको योजना छ।

यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ। कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता ९पिपीए० गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपिसी ठेक्का दिने जनाएको छ।

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक एवं सहकारी अभियानकर्मी रामचन्द्र उप्रेतीले बताए। कम्पनीले शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै २०७८ मङ्सिर मसान्तमा आयोजना सम्पन्न गर्ने अठोट गरेको छ। रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *