नेशनल लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घाेषणाः वाेनस कति ?
Investopaper, Jan 14, 219
काठमाडौं, पुस ३० । एनएफआरएस अनुसार लेखापरीक्षण र रिपाेर्टिंग गर्न अलमल भैरहेकाेले लाभांश घाेषणा र वार्षिक साधारणसभा गर्न ढिला भैरहेकाे खवरहरू आइरहेका छन । तथापि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेकाे छ ।
कम्पनीले पुस ३० गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १३ दशमलव ५ प्रतिशत लाभांश र सो मा लाग्ने आय करको लागि समेत व्यवस्थ प्रदान गर्ने निर्णय भएको छ । प्रस्तावित वाेनस शेयर पश्च्यात कम्पनीकाे चूक्ता पूंजी तीन अरव पुग्ने छ ।
उक्त निर्णय बीमा समितिको स्वीकृत र आगामी वार्षिक साधारण सभामा अनुमोदन पश्चात मात्र कार्यान्वयन गर्ने भएको छ ।
