प्रगतिकाे सिंढी उक्लिदै गरिमा विकास बैंकः सवै सूचकांकमा सुधार

Investopaper, Jan 29, 2019

काठमाडौं, माघ १५

गरिमा विकास बैंक लिमिटेड (Garima Bikas Bank Ltd.) ले दोस्रो त्रैमासमा सवै सूचकांकहरूमा राम्राे सुधार गरेकाे प्रगति विवरण प्रकाशित गरेकाे छ । बैंकले निक्षेप र कर्जा विस्तारगरी ब्याज आम्दानी बढाएकाे हुंदा पूँजी वृद्धिकाे गरेतापनि प्रतिशेयर आम्दानी समेत बढेको हो।

यस अवधिमा खुद मुनाफा २७ करोड ९५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५४.८१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १८ करोड ५ लाख रुपैयाँ कमाएको थियो । २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ६५ करोड २६ लाख रुपैयाँ राखेको छ । बैंकको जगेडा कोष गत बर्ष ४६ करोड ९९ लाख रुपैयाँ थियाे ।

त्यसैगरि बैंकले निक्षेपमा २६ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ संकलन गरी कर्जामा २३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको तुलनामा निक्षेपमा ५२.९४ प्रतिशत र कर्जामा ५३.३३ प्रतिशतले वृद्धि गरेको छ । यस्तै प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २५ पैसाबाट २० रुपैयाँ ०५ पैसामा बढोत्तरी भएको छ ।

बैंकको खुद व्याज आम्दानी ४८.५१ प्रतिशतले बढेर ६४ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५६.७८ प्रतिशतले बढेर ४३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकले अन्य संचालन मुनाफा ६०.९७ प्रतिशतले वृद्धि गरी १३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको अन्य अाधारभूत सूचकांकहरमा पनि उत्कृष्ठ प्रगति भएकाे छ । जसमध्ये, निष्कृय कर्जा शुन्य दशमलव २८ प्रतिशत, जोखिम भारित सम्पत्ति १५.९१ प्रतिशत, प्रतिशेयर आम्दानी २०.०५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२३.४१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९.२३ गुणा र तरलता अनुपात २५.१४ प्रतिशत रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *