प्रधानमन्त्री ओलीद्वारा तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) को उद्घाटन

Investopaper, जेष्ठ १५, २०७६

प्रधानमन्त्री कार्यालयमा बुधबार तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) संचालनमा अाएकाे छ । उक्त एक्सनरूमकाे प्रम केपी शर्मा ओलीले एक कार्यक्रमका विच उद्घाटन गर्नु भयाे । उद्घाटन पश्च्यात प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको समेत बताउनुभएको छ ।

एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्तगर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताउनुभएको छ । 

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिने विश्वास व्यक्त गर्नु भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *