मुक्तिनाथ विकास बैंक र संगम स्वीट्स बीच व्यवसायिक सम्झौता

इन्भेष्टाेपेपर । कार्तिक ३०, २०७७

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

साथै बैंकको ग्राहकले भिषा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *