लकडाउन जेठ ३२ सम्म र सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
इन्भेष्टोपेपर । जेष्ठ १८, २०७७
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई जेठ ३२ गतेसम्म र सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभर लम्ब्याउने र सिमा नाका असार १६ सम्म बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा लकडाउनको मोडालिटी भने हेरफेर हुनसक्छ । लकडाउनको मोडालिटीको बारेमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गृहकार्य गरेर टुङ्गो लगाउने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
सीमाबाट जथाभाबी नागरिक आउँदा कोरोनाको जोखिम झनै निष्कर्ष निकाल्दै सरकारले सीमा नाकामा थप कडाइ गर्ने भएको छ । बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा थप सुरक्षा निकाय परिचालन गर्ने समेत निर्णय गरेको छ ।
