विहानै घरबाट निस्किँदा यी ४ कुरा देखियाे भने शुभ मानिन्छ

इन्भेष्टोपेपर । भाद्र २०, २०७७

तपाईं बिहान घरबाट निस्कने बेला के कुरा देख्नुभयो, त्यसले तपाईंको दिनबारे थाहा हुने समुद्रशास्त्रमा उल्लेख छ । तपाईंको बिहानी राम्रो भयो भने दिन पनि राम्रो हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने दिन शुभ र अशुभ हुन्छ त ? यहाँ हामीले समुद्र शास्त्रमा उल्लेख भएका केही कुरा पस्किएका छौं ।

१. चट्ट श्रृंगार गरेकी स्त्री : तपाईंले बिहान उठ्ने बित्तिकै श्रृंगार गरेकी स्त्री देख्नुभयो भने तपाईंको दिन शुभ हुने छ । यतिमात्र होइन, उठ्ने बित्तिकै रातो कपडा लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो ।

२. आगो : तपाईले बिहान उठेर कतै निस्कदै गर्दा आगो देख्नु भयो भने त्यो शुभ संकेत हो । यसले तपाईंको दिनलाई उर्जाशील बनाउने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

३. धर्मग्रन्थ : तपाईंले बिहान उठ्ने बित्तिकै धर्मग्रन्थ देख्नुभयो भने तपाईंको दिन राम्रो हुन्छ । अझ धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको व्यक्तिलाई देख्नुभयो भने तपाईंलाई लाभ मिल्छ ।

४. गाई : हिन्दु धर्ममा गाईलाई भगवानको रुपमा पूजा गरिन्छ । यदि तपाईंले बिहान उठ्ने बित्तिकै गाई देख्नु भयो भने पनि त्यसको संकेत शुभ हुन्छ । अझै कालो रंगको गाई देखिनु त झनै उत्तम हो ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *