शुभ दिपाबली तथा छठ पर्वको शुभकामना आदान प्रदान

इन्भेष्टाेपेपर । कार्तिक १६, २०७७

सप्तरी । विश्व हिन्दू परिषद नेपाल, सप्तरीले शुभ दिपाबली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

परिषदले कार्तिक १४ गते शुक्रबार सप्तरी, कठौना स्थित जिल्ला कार्यालयमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि विहिपका नेपाल संस्थापक सदस्य राम नारायण ठाकुर, विशिष्ट अतिथि राष्ट्रिय सचिव विजय सिंह, गौरक्षा प्रमुख मुरली मनोहर चौधरी, जिल्ला अध्यक्ष राम किशुन साह लगायत जिल्ला समितिका पदाधिकारी, आजिवन सदस्यहरु एवं स्थानीय कार्यकर्ताहरु समेत उपस्थित रहनुभएको थियो । 

कार्यक्रममा दोसल्ला ओढाई शुभकामना आदान–प्रदान पश्चात विहिपको स्थानीय समिति पुर्नगठन तथा हिन्दू धर्मवालम्बीहरुले मनाउने बिभिन्न चाँडपर्वहरुको विशेषता एवं नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउने रणनीति बारे उपस्थिति अधिकारीगणले मन्तव्य राख्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *