झापामा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा

Investopaper, मंसिर ०९, २०७६

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं २, मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेको छ ।

ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष,  ठाकुर प्रसाद शिवाकोटी र  बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर थापाले शुक्रबार एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका गर्नु भएकाे थियाे । 

 सो समारोहमा  ठाकुर प्रसाद शिवाकोटी र पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि दिल बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले १२४ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजना रहेको जनाएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *