सानिमा माई, चिलिमे र बुटवल पावरमा कुन हाईड्रोको शेयर छान्ने?
तीन हाईड्रो कम्पनी सानिमा माई, चिलिमे र बुटबल पावरले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशन गरिसकेका छन्। शेयर बजारमा हाईड्रोले पकड बनाएको अवस्थामा कुन हाईड्रोको शेयर किन्ने भन्ने सबैलाई उत्सुकता भएको छ।
हाईड्रोमा पकड जमाउँदै आएको चिलिमेको तेस्रो त्रैमासिक बिवरणले खुदनाफामा अघिल्लो बर्षको यही अवधिको तुलनामा १७.४३ प्रतिशतले घटेको देखायो। यसको मुख्य कारण कम्पनीको कर बन्दोबस्त रकम बढ्नु हो। बुटवल पावर र सानिमा माईको खुदनाफा भने १३.९१ र ५.०३ प्रतिशतले बढेको छ।
नेपाल शेयर बजारमा हाईड्रो समूह अन्तर्गत राम्रो मानिएको चिलिमे, बुटवल पावर र सानिमा माईको आर्थिक वर्ष २०७५।७६ को अहिले सम्मको प्रगति हेरेर कुन कम्पनीको शेयरमा लगानी गर्नु उचित छ भनेर जान्नुहोस्।
सधै लगानी गर्दा कम्पनीको आधारभूत सूचांकको अध्ययन गरेर गर्नु उचित हुने हुँदा तलका मुख्य सुचांकका आधारमा आफ्नो निर्णय लिनुहोस्।
| शीर्षक | चिलिमे | बुटवल पावर | सानिमा माई |
| अधिकृत पुँजी (अर्बमा) | ४.७६ | २.४४ | २.३२ |
| जगेडा कोष (अर्बमा) | ४.५१ | ४.३६ | ०.०७ |
| बिधुत बिक्रीबाट आम्दानी (रु. करोडमा) | ८०.७६ | ५२.९८ | ६०.२८ |
| खुद नाफा (करोडमा) | ५४.३७ | ७५.०९ | २२.९४ |
| प्रति शेयर आम्दानी (रु.) | १५.२३ | ३०.७७ | १३.१८ |
| प्रति शेयर नेटवर्थ (रु.) | १९४.८ | २७८.७१ | १२२.९७ |
| बजार मूल्य (रु.) | ५५४ | ४४४ | २९९ |
| मूल्य आम्दानी अनुपात | ३६.३७ | १४.४३ | २२.६९ |
| खुद नाफामा घटबढ (प्रतिशतमा) | -१७.४३ | १३.९१ | ५.०३ |
