स्वरुपराज आचार्यको स्वरमा ‘तिम्रो तस्बिर’ सार्वजनिक (भिडियोसहित)
इन्भेष्टाेपेपर । फागुन १८, २०७७
प्रखर गीतकार स्वरुपराज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो तस्बिर’को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
सोमबार सार्वजनिक गरिएको गीतका शब्द संकलन उज्वल बस्नेत‘हृदय’ काे रहेकाे छ भने संगीत उमेश राउतले भर्नु भएकाेछ।
भिडियोमा निराजन प्रधान, गीता ढुंगाना र विशाल रेग्मीले अभिनय गर्नुभएकाे छ। गीतको म्युजिक भिडियोकाे छायाँकन बुद्ध थापाले गर्नुभएकाे छ भने अनुप चापागाईंले निर्देशन गर्नुभएकाे छ।
याे म्यूजिक भिडियाे उज्वल हृदय यूट्यूव च्यानलबाट रिलिज गरिएकाे छ ।
