सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदर पाइने प्रिमियम बचत खाता

इन्भेष्टोपेपर । भाद्र ०८, २०७७

सिभिल बैंकले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने  प्रिमियम बचत खाता ल्याएको छ । बैंकले सो बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

बचत खाताको न्युनतम मौज्दात दश हजार रहेको छ भने सो बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान प्रतिवद्धता गरेको छ ।यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८।७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *