राष्ट्र बैंक ४ अर्ब २३ कराेडको ट्रेजरी बिल जारी गर्दै

इन्भेष्टोपेपर । भाद्र ०८, २०७७

नेपाल राष्ट्र बैङ्कले ४ अर्ब २३ करोड रुपियाँको बराबर ट्रेजरी बिल जारी गर्ने भएको छ ।

आगामी मङ्गलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ः०० बजे बोलकबोल हुने भएको छ । राष्ट्र बैङ्कले ९१ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

९१ दिनका लागि दुई अर्ब २३ करोड रुपियाँको ट्रेजरी जारी गर्न लागेको राष्ट्र बैङ्कले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । ट्रेजरी आगामी २०७७ मङ्सिर ९ गते परिपक्व हुनेछ ।

एक वर्ष अवधिका लागि जारी गर्न लागिएको दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल २०७८ भदौ ८ गते परिपक्व हुनेछ ।

सबै वर्गका बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुनसक्ने राष्ट्र बैङ्कले जनाएको छ ।  व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था छ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *