शेयर धितोमा एनआइसी एशियाबाट १५ करोडसम्मकाे कर्जा

इन्भेष्टोपेपर । भाद्र २९, २०७७

एनआइसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा Loan Against Share को कर्जा योजना एनआइसीले सार्वजनिक गरेको हो। बजारको माग अनुसार नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको बैंकले जनाएको छ ।

ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत न्यूनतम १ करोड देखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ । 

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ ।

साथै यस सम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले कर्जा सहायता केन्द्रको समेत स्थापना गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *