आगामी तीन दिनको मौसम पूर्वानुमान (२ गतेदेखि ४ गतेसम्म)
इन्भेष्टोपेपर । असाैज ०२, २०७७
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। अहिले देशभर सामान्य बदली रहि प्रदेश नं ५, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमति प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भाेली ३ गते शनिबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भाेलि राती देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरि असोज ४ गते आइतबार दिउँसो देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
