पन्छी भिडियाे गीत मार्फत एलिना चौहानको नयाँ उडान (भिडियाे सहित)

इन्भेष्टोपेपर । असाैज ०१, २०७७

एलिना चाैहानकाे आवाजले युवा पिंढी र संगीत पारखिहरूलाई मन्त्रमुग्ध बनाउने गरेकाेछ । उनै एलिना चौहानको वियाेग र पिडाले भरिएकाे गीत पन्छी अहिले बजारमा आएको छ ।

गीतकार सुदिप आत्रेयकाे शव्द रहेकाे याे गीत अहिले चलेको गीत भन्दा फरक शैलिको रहेको छ । सपनाहरु सजाएर धन कमाउनको लागी विदेशि भुमिमा जादा फस्नु परेको पिडालाई गीतको शब्द र कलाकारको अभिनयले देखाएको छ ।  

यस भिडियाेका निर्देशक फरज अर्पण हुनुहुन्छ भने छायांकन र सम्पादन पनि उहाँकै रहेकाे छ । संगीत किरण माइकल घिमिरेको रहेको छ भने एरेन्जर विशाल पाैडेल हुनुहुन्छ ।

भिडियोमा स्वयं गायिका एलिना चौहानका साथ नम्रता अर्याल, गणेश पौैडेल र सन्तोष कुमार थिनको अभिनय रहेकाेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *