नेपाल बैंककाे विशेष साधारण सभा असाैज १९ गते, बुक क्लाेज कहिले ?
इन्भेष्टोपेपर । असाैज ०२, २०७७
नेपाल बैंकले असोज १९ गते भर्चूअल माध्यम मार्फत विशेष साधारण सभा गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा अयोजना हुने छ । सभामा भाग लिन चाहनेहरुलाई जूम आईडी र पासवर्ड उपलब्ध गराईनेछ ।
सभाले बैंकको सञ्चालक समितिमा नेपाल सरकारबाट मनोनित हुने चार जना सञ्चालकबाट घटाई तीन जना कायम गर्न नियमावली संशाेधनकाे प्रस्ताव लैजाँदैछ ।
विशेष साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने जानकारी सूचना मार्फत दिएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कारोबार भइ नियमअनुसार नामसारी भएका शेयरधनीहरु मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।
