मुक्तिनाथ विकास बैंकद्धारा “इ-टेलर’’ सेवा सुरु

इन्भेष्टोपेपर ।  असाैज ०२, २०७७

मुक्तिनाथ विकास बैंक लि.ले कोरोना महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी “इ-टेलर’’ सेवा सञ्चालनमा ल्याएको छ ।

“इ-टेलर’’ मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गर्नुभएको थियो ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले “इ-टेलर’’ सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिषा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *