रुचाइँदै खत्रीको देउसी गीत (भिडियोसहित)

इन्भेष्टाेपेपर । कार्तिक १६, २०७७

लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक/स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४७औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म गीतले झण्डै एक लाख भ्युज बटुलेको छ । मौलिक पर्व तिहारलाई लक्षित गरी गायक खत्रीले शुक्रबार बिहान आफ्नै युट्युब च्यानलबाट देउसी गीत सार्वजनिक गर्नुभएको थियो ।

भिडियोमा गाउँका वडाध्यक्ष, शिक्षक र भारतीय सेनाबाट निवृत्तको घरमा देउसी खेलिएको देख्न सकिन्छ । खत्रीले समाजको उत्थान र विकासमा नेताको भूमिकाबारे देउसीमार्फत सन्देश दिन खोज्नुभएको छ । जनताप्रति उत्तरदायी हुन नेतालाई आग्रह गरिएको छ । यस्तै देउसीले शिक्षकको महिमा गानसमेत गरेको छ । प्रतिभावान् नागरिक तयार गर्न शिक्षकले पु¥याएको योगदानको चर्चा गरिएको छ । लाहुरे र तिनका परिवारजनको जीवन भोगाइलाई देउसीमा उतारिएको छ ।

देउसीमा गायक खत्रीसँगै गायिका टीका पुन र मुना थापामगरको स्वर छ । सङ्गीत र शब्द पनि खत्रीकै छ । सर्जक कुशल भण्डारीले पनि शब्दमा खत्रीलाई सघाउनुभएको छ । देउसीको भिडियो निर्देशन होम गुरुङले गर्नुभएको छ भने निर्मल क्षत्री, सम्झना खत्री, सगुन खत्रीलगायतको अभिनय छ । गायक खत्रीको जन्मथलो बागलुङको गलकोट नगरपालिका–७ मल्ममा देउसीको छायाङ्कन गरिएको छ ।

गायक खत्रीले यसअघि दशैँ गीत ‘रिनै रिनको’ सार्वजनिक गर्नुभएको थियो । गायक खत्री दुई दशकदेखि लोक सङ्गीतमा सक्रिय हुनुहुन्छ । उहाँले सयौँ गीतमा स्वर र शब्द दिनुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *