स्पीड डेटिङ : डिएनए मेचिंगबाट डेटिङको व्यवस्था

इन्भेष्टाेपेपर । कार्तिक २९, २०७७

जापानको एक कम्पनीले डिएनए रिर्पोटको मद्दतले र्पाटनरको खोजी गर्ने नँया व्यवस्था ल्याएको छ। जसलाई ‘स्पीड डेटिङ’ भनिन्छ। नोज नामको उक्त कम्पनीले मानिसको जीन जति फरक हुन्छ त्यति नै एकअर्काप्रति आर्कषित हुने तर्क दिएको छ। 

२५ वर्षदेखि म्याच मेकिङक सेवा दिँदै आएको कम्पनी नोजले डिएनए मेनिंगको काम जनवरीमा सुरु गरेको हो। कम्पनीले सेवा प्रदायकको डिएनए नमुना लिने र यसबाट आएको रिर्पोट अनुसार पार्टनर मेचिंग गर्ने काम गर्छ। 

सही जेनेटिक जोडीका लागि १०० करोड मानिसहरुले ‘नोज’ मा खाता खोलेका छन्। 

टेस्टका लागि लिइएको डिएनए सेम्पल साइन्टिस्ट एचएलए जिनलाई आधार बनाएर रिर्पोट निकाल्छन्। 

कम्पनीका अनुसार कुनै व्यक्ति अर्को व्यक्तिसँग आकर्षित हुनुमा डिएनएको ५० प्रतिशत भूमिका रहेको हुन्छ। बाँकि ५० प्रतिशत भने वातावरणमा भर पर्छ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *