महासंघमा समिति तथा फोरमका सभापतिहरू चयन

इन्भेष्टाेपेपर । पुष ०७, २०७७ 

काठमाडौं  ।  नेपाल उद्योग वाणिज्य महासंघले समिति तथा पदाधिकारीको सभापति चयन गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले समिति तथा फोरमको सभापति चयन गरेका हुन्। गोल्छाले निर्वाचित भएका कार्यकारिणी समिति सदस्यलाई कार्यक्षेत्रसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरे। 

उद्योग समिति सभापतिमा भरतराज आचार्य, व्यापार समिति समापतिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति सभापतिमा डी.बी. बस्नेत, महिला उद्यमी विकास समिति सभापतिमा रिता सिंह चयन भएका छन्। 

त्यस्तै स्थल यातायात तथा पारवहन समिति सभापतिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा सन्दिपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोेभेसन समितिमा रञ्जितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सिप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, ऊर्जा तथा वातावरण समिति गोपाल खनाल र सहरी विकास समितिमा मिनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ। 

त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा इन्जिनियर देश बन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पुँजी बजार फोरम अम्बिका प्रसाद पौडयाल र वैदेशिक रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ।

अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका  कार्यकारिणी समितिका सदस्यले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त सभापतिलाई बधाईसहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिए। याे समाचार अन्नपूर्ण पाेष्टमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *