लाइसेन्सको अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने

इन्भेष्टाेपेपर । पुष ११, २०७७ 

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुल्ने भएको छ । लाइसेन्स अनलाइन फाराम यही पुस १४ गते मंगलबारदेखि आवेदन दिन सकिने यातायात व्यवस्था विभागले जनाएको छ ।

लाइसेन्सको अनलाइन फाराम कोरोना भाइरसका कारण २०७६ चैत १२ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो । अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *