नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने
इन्भेष्टाेपेपर । पुष २५, २०७७
नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । यी दुई कम्पनीविच प्राप्ती सम्बन्धि सम्झौतामा नेपाल फाइनान्सकाे तर्फबाट अध्यक्ष डा. हितेन्द्रमान प्रधान र ललितपुर फाइनान्सकाे तर्फबाट संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गर्नुभएकाे हाे ।
एक समाराेहका बिच दुवै कम्पनीहरुको सञ्चालक तथा उच्च व्यवस्थापनहरुको रोहबरमा प्राप्ती सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । नेपाल फाइनान्स नीजि क्षेत्रकाे लगानीमा खुलेकाे पहिलाे फाइनान्स कम्पनी हाे भने ललितपुर फाइनान्स २०५१ सालमा खुलेकाे हाे ।
नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । हकप्रद पश्चात रू. ३० करोड ५५ लाख ५१ हजार चुक्तापूँजी कायम हुने यस कम्पनीले रू. २३ करोड ६८ लाख ७४ हजार चुक्तापूँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ती गर्न लागेको हो ।
प्राप्तिपछि नेपाल फाइनान्सकै नाममा काराेबार हुने छ भने संचालक समिति पनि यथावत रहने जनाइएकाे छ । स्वाप रेसियाे डिडिएले तय गरेकाे अनुपातमा प्राप्ति गर्न र समाहित हुन सहमति भएकाे जनाइएकाे छ ।
यस अघि ललितपुर फाइनान्सलाई प्राइम कमर्सियल बैंकले प्राप्ती गर्ने भएको थियो । प्राइम कमर्सियलसँगै उक्त सम्झौता ताेडिएपछि नेपाल फाइनान्सले प्राप्ती गर्न लागेको हो ।
