राजेश हमाल अभिनित “आफ्नै नाम मन पर्यो ” म्यूजिक भिडियाे सार्वजनिक

इन्भेष्टाेपेपर । पुष २५, २०७७ 

मायालुले बोलाउँदै झर्यो,
आज मलाइ आफ्नै नाम मन पर्यो ।
जहाँसम्म फैलिन्छ बासन,
त्यहीँसम्म फूलैको शासन ।

राजेश हमाल अभिनित “आफ्नै नाम मन पर्यो ” नामक म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । यस लाेक गीतमा ख्यातिप्राप्त गायक कुलेन्द्र विश्वकर्मा र लक्ष्मी आचार्यकाे सुमधुर स्वर सुन्न सकिन्छ ।

गाेकर्ण फरेष्ट रिसाेर्टमा छायाँकन गरिएकाे भिडियाेमा नेपाली फिल्म जगतका महानायक राजेश हमाल तथा निता ढुँगानाकाे अभिनय देख्न पाइन्छ ।

यस म्यूजिक भिडियाेमा बशन्त थापाकाे संगीत तथा प्रह्लाद सुवेदीका मनछुने शव्दहरू रहेकाछन । ‘मायालुले बाेलाउँदै झर्याे, आज मलाइ आफ्नै नाम मन पर्याे’ तथा ‘जहाँसम्म फैलिन्छ बासन, त्यहीँसम्म फूलैकाे शासन’ जस्ता शव्दहरू रहेकाछन ।

यस म्यूजिक भिडियाेकाे छायाँकन साैरभ लामाले गर्नु भएकाे छ भने काेरियाेग्राफ/निर्देशन शिव विककाे रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *