ज्योति विकास बैंकद्वारा कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान
इन्भेष्टाेपेपर । माघ ०५, २०७७
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तुलाई एक थान बेबी वार्मर प्रदान गरेको छ।
अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।
कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका जीतपुर शाखाका शाखा प्रबन्धक लक्ष्मण के. सी. र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंह द्वारा संयुक्त रुपमा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, बाणगंगा नगरपालिका वडा नं ४ कपिलवस्तुका वडा अध्यक्ष गणेश बहादुर क्षेत्री का साथै विभिन्न स्थानीय निकायका पदाधिकारीहरुको उपस्थितिकाबिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ५०० जना प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु. ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।
