यस्तो स्थान जहाँबाट एकसाथ ३ वटा देशलाई देख्न सकिन्छ
इन्भेष्टोपेपर । जेष्ठ ८, २०७८
अर्जेन्टिना, ब्राजिल र पाराग्वे जस्ता विश्वका पर्यटकीइ अनि सम्पन्न देशलाई एकै स्थानबाट हेर्न चाहानुहुन्छ ? यदी त्यस्तो तपाईको इच्छा छ भने पराना र इगुआजु नामका दुई नदीले छुट्याएको पुलमा जान सकिन्छ । जुन स्थानबाट यी ३ वटै देशलाई खुला आँखाले देख्न सकिन्छ ।
ब्राजिल र अर्जेन्टिनालाई जोड्ने अन्तर्राष्ट्रिय पुल र ३ वटै देशले पर्यटकलाई तान्न बनाएको रणनीतिका कारण पनि यहाँको माहोल निकै रोमाञ्चक देखिन्छ । जसका कारण यही त्री९देशीय सिमानाको यो प्राकृतिक दृश्य हेर्न विश्वभरकै मानिसहरु यहाँ आउने गरेका छन् । (एजेन्सीकाे सहयाेगमा)
