यस्ता राेगीले भूलेर पनि खानुहुँदैन केरा
इन्भेष्टोपेपर । जेष्ठ ८, २०७८
केरालाई स्वस्थ फल मानिन्छ । यसमा पोटाशियम, म्याग्नेशियम, भिटामिन B6 जस्ता स्वस्थ न्यूट्रीएन्ट्स हुन्छ तरपनि धेरै केराको सेवनले नोक्सान पनि हुनसक्छ ।
चिकित्सकका अनुसार,एक सामान्य व्यक्तिको लागि दिनहुँ २/३ केरा खानु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ तर अधिक केराको सेवन गर्दा नोक्सान हुनसक्छ ।
केरामा पाईने सुगर, कार्बोहाइड्रेट्स जस्ता तत्व धेरै सेवन गर्दा नोक्सान पुर्याउन सक्छ । यस्ता विभिन्न स्वास्थ्य समस्या छन्, जसमा केराको सेवन गर्दा ती समस्या अझ बढी हुनसक्छ ।
आज हामी यस्त ७ अवस्थाको बारेमा चर्चा गर्दैछौँ, जुन अवस्थामा केराको सेवन गर्नुहुँदैन ।
१- जसलाई मोटोपनको समस्या छ :- केरामा प्रयाप्त क्यालोरी, कार्बोहाइड्रेट्स र शुगर हुन्छ, यसले मोटोपनको समस्या बढाउन सक्छ ।
२- जसलाई हायपरकेलेमिया(धेरै पोटाशियम)को समस्या छ :- केरामा पोटाशियम प्रशस्त हुन्छ । यसबाट असामान्य मुटुको धड्कन, इंग्जाइटी जस्ता समस्या हुनसक्छ ।
३- जसलाई माइग्रेनको समस्या छ :- केरामा पाईने थायमिन नामक तत्व माइग्रेन र टाउको दुख्ने समस्यालाई बढाउन सक्छ ।
४- जसलाई न्यूरोलोजिकल डिसअर्डर छ :- केरामा भिटामिन B6 हुन्छ । यसको बढी मात्राले नसा खराब हुने खतरा बढ्न सक्छ ।
५- जसलाई डायबिटीज छ :- केरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेट्स र शुगर हुन्छ । यसले शरीरमा शुगरको स्तर बढाउन सक्छ ।
६- जसलाई एलर्जी छ :- केराको सेवनले विभिन्न किसिमको एलर्जी बढ्छ । शरीर सुन्निने, त्वचा रातो हुने, रेशेस हुनसक्छ ।
७- जसलाई किड्नी समस्या छ :- केरामा पाईने पोटाशियमले किड्नीमा धेरै भार पर्छ । यसले किड्नी समस्या बढ्न सक्छ ।
— एजेन्सीकाे सहयाेगमा
