भगवान शिव एवं बुद्ध विरुद्ध अभद्र टिप्पणी गर्नेलाई कारवाहीकाे माग

इन्भेष्टोपेपर । असार ४, २०७

पूर्व भौतिक योजना, पर्यटन तथा भूमी सुधार मन्त्री हिसिला यमीको  ट्विटर ह्यान्डलको माध्यमले समग्र नेपालीहरुको अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्ध विरुद्ध गरिएको अभद्र टिप्पणी प्रति विश्व हिन्दू परिषद नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।

बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै पूर्व मन्त्रीद्वारा दिईएको उक्त अभद्र टिप्पणीले समस्त सनातनी नेपालीहरूलाई मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको हुनाले अराध्य देव भगवान शिव एवं भगवान गौतम बुद्ध बारे अभद्र टिप्पणी गर्ने विरुद्ध यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल जोडदार माग गरेकाे छ ।

विश्व हिन्दू परिषद, नेपालले निकालेकाे विज्ञप्तिः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *