अनौठो घटना : गंगामा तैरिरहेको बासकभित्र भेटिइन् २१ दिनकी बच्ची

इन्भेष्टोपेपर । असार ४, २०७

लखनउ । भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै–बग्दै आइरहेको थियो ।

गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीय गुल्लु मल्लाह भने गंगामा पसे र बाकस किनारमा ल्याए । 

बाकस खोलेर हेर्दा त्यहाँभित्र रातो कपडामा बेरिएकी एउटा बच्ची थिइन् । उनको शरिरमा कुनै चोट पटक थिएन बरू बाकसमा हिन्दु देवी दुर्गाको तस्बिर पनि टाँसिएको थियो ।

बाकसको छेउमा ती बच्चीको नाम र जन्म मिति उल्लेख भएको कागज थियो। जसमा उनको नाम ‘गंगा’ लेखिएको थियो भने जन्म मिति २५ मे २०२१ उल्लेख गरिएको थियो ।

‘मैले गंगामातालाई कन्यादान गरेको छु,’ पनि लेखिएको कागजमा ‘ॐ’ र ‘जय माँ दुर्गा’ पनि लेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बच्चीलाई गुल्लुले आफ्नी छोरीजस्तै पाल्छु भनेर घर ल्याए पनि प्रहरीले यो कुरा थाहा पाइसकेको थियो । प्रहरीले गुल्लुको घरबाट ती बच्चीलाई ल्याएर अस्पतालमा भर्ना गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको सबै लालन–पालन राज्य सरकारले गर्ने बताएका छन् ।

मुख्यमन्त्री योगीले बच्चीको उद्धार गर्ने गुल्लुले मानवीयताको अनुपम नमूना देखाएकाले सरकारी सुविधा दिने घोषणा गरेका छन् । ती बच्चीलाई कसले, किन त्यसरी गंगामा बगायो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *