रा.वा. बैंकले कोराेना प्रभावित ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

इन्भेष्टोपेपर । असार ५, २०७

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतीगत सहुलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदानगर्न सक्ने व्यवस्था अनुरूप छुट प्रदान गरिएकाे हाे ।

हाल जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको छ ।

यसले गर्दा ग्राहकहरुले नियमितकर्जा भूक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहजहुने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी यही असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने ग्राहकहरुलाई प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको जनाइएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *